डोल्पा कारागारमा सुरुङ खनेर भागे ८ कैदी

  • शनिबार १५ कात्िक २०८३ ०३:०० PM
वीरेन्द्रनगर : जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार भएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेको पत्ता लागेको हो ।अहिले सिसी क्यामरा हेरिरहेको र थप विवरण घटनाको विस्तृत रुपमा अध्ययन गरेपछि आउने प्रजिअ हमालले जानकारी दिइन् ।  प्रजिअ हमालले भनिन्, ‘घटनाका सन्दर्भमा  बिस्तृत रुपमा अध्यायन गरेपछि सबै विवरण आउला ।'