‘नसे बाहुन’ दूधकोशी र सुनकोशी संगम आसपासको किराँती रस्तीबस्तीमा परिचित नाम हो। ६ दशकभन्दा बढी समयदेखि किराँती बस्तीहरूमा आउजाउ गर्दै आउनु भएको थियो। खासमा रुद्री पूजा गर्नु पर्दा उनै नसे बाहुनलाई निम्तो गरिन्थ्यो। आर्थिक लेनदेन गरिन्थ्यो।हरेक घरमा के कति बोका, खसी हुर्किंदैछन् ? यो वर्ष कसका बारी कति सुर्ती खेती उब्जाउ भएको छ ? खुर्सानी, बदाम, गोलभेडा कत्तिका फलेका छन् ? कुन घरको आम्दानी स्रोत कस्तो छ ? कुन घरका सदस्य कहाँ–कहाँ कति छन् ? ब्रिटिस, सिंगापुर, इन्डिया भ