परासी : नेपाली कांग्रेस संस्थापन पक्षको १५औं महाधिवेशनमा नवलपरासीबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका गोपीप्रसाद पुन संस्थापनइतर पक्षमा गएर जिल्ला सह–संयोजकमा मनोनित भएका छन्। समानान्तर महाधिवेशनको तयारीमा रहेको शेर बहादुर देउवा समूहका संयोजक डा. शशांक कोइरालाले सुनवलका पुनलाई जिल्ला सह–संयोजकमा मनोनयन गरेका हुन्। संस्थापन पक्षको सम्पन्न महाधिवेशनअन्तर्गत श्रमिक कलस्टरबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका गोपी पुन पराजित भएका थिए । उक्त पदमा दुई जनाको उम्मेदवारी