काठमाडौं : अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका खोला तथा नदीहरूमा पानीको सतह बढेको छ।जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको बागमती नदी, धोबीखोला र विष्णुमती लगायतका खोलाहरूमा पानीको सतह बढेको छ। त्यस्तै, केही करिडोर सडक क्षेत्रमा पानी जमेकाले आवागमनमा समेत समस्या भएको छ।खोलामा पानीको सतह बढ्दै गएकाले नदी तथा खोलाको तटीय क्षेत्र, खोला किनारका सडक र जोखिमयुक्त नदी नजिकका क्षेत्रबाट यात्रा नगर्न समेत महाशाखाले अनुरोध गरेको छ।