पूर्वगृहसचिव मैनालीको व्यंग्य-प्रहरी पत्रकार समाउने, प्रधानमन्त्री र रास्वपा विरोध गर्ने

  • शनिबार १५ कात्िक २०८३ ०८:२५ AM
काठमाण्डु – पत्रकार पक्राउ गर्न प्रहरी परिचालन भएको घटनामा प्रधानमन्त्री र सत्तारूढ दलले नै विरोध जनाएपछि पूर्वगृहसचिव एवं लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले सरकार सञ्चालनको शैलीमाथि व्यंग्य गरेका छन् । शुक्रबारको घटनालाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गर्दै मैनालीले प्रहरी पत्रकार पक्राउ गर्न जाने र प्रधानमन्त्री तथा सत्तारूढ दल त्यसको विरोध गर्ने अवस्थालाई विडम्बनापूर्ण बताएका हुन्