फुर्केखोला पुल निर्माणमा ढिलाइ, गृहमन्त्रीले दिए तत्काल काम अघि बढाउन निर्देशन

  • शनिबार १५ कात्िक २०८३ ०८:२५ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलाइप्रति चासो देखाउँदै काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गृहमन्त्री गुरुङले पुल निर्माणमा भइरहेको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए । पुल निर्माण समयमै सम्पन्न नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भइरहेको उनीहरूको भनाइ थियो ।