बाजुरा : बडीमालिका दर्शन तथा घुम्न गएका दुई जना युवा सम्पर्कविहीन भएका छन्। बडीमालिका क्षेत्रमा दुई दिनदेखि भारी हिमपात भएका कारण सम्पर्कविहीन भएका हुन्। सम्पर्क विहीन हुनेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिकाका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन्।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गत असोज ९ गते बाजुराको सदरमुकाम मार्तडीबाट ५ जनाको टोली बडीमालिकातर्फ गएका थिए। टोलीका ३ जना सदस्य बडीमालिका भगवतीको दर्शन गरेर सुरक्षित रूपमा फर्किसकेका छन्। तर,