वर्षाले पाेखराकाे पर्यटकीय गतिविधि प्रभावित

  • शनिबार १५ कात्िक २०८३ ०७:५७ AM
पोखरा । मौसम खराब भएपछि पोखरासहित अन्नपूर्ण क्षेत्रका पर्यटकीय गतिविधि प्रभावित भएका छन् । दसैँपछि पर्यटकको चहलपहल बढ्दै गएको समयमा शुक्रबारदेखि भएको वर्षा र हिमपातले पर्यटन क्षेत्रमा असर पारेको हो । अहिले पदयात्राका लागि उपयुक्त समय भए पनि मौसम बिग्रिएपछि पर्यटकको आवागमन घटेको छ । कतिपय पर्यटकले मौसमकै कारण आफ्नो यात्रा रद्द गरेका छन् ।