काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा आज दुई खेल हुने तालिका रहेको थियो। तर शनिबार लगातार भइरहेको वर्षाका कारण खेल प्रभावित हुने देखिएको छ। साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोज बीच आजको पहिलो खेल हुने तालिका रहेको थियो।लुम्बिनी लायन्स र चितवन राइनोज दुवैको यो दोस्रो खेल रहेको थियो। पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। चितवन राइनोजले भने विराटनगर किङ्सलाई ८ रनले हराएको थियो। खेल रद्द हुँदा यी दुवै टोलीले १-१ अङ्क बाँड्ने छन