८ हजार मिटरमाथिका थप ६ हिमाललाई सूचीकृत गराउने सरकारको तयारी

  • शनिबार १५ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : सरकारले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ। विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभाका अवसरमा नेपाल सरकारले नेपाल पर्वतारोहण संघमार्फत उक्त प्रस्ताव अघि सारेको हो। यस प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको संख्या १४ पुग्नेछ। काठमाडौंमा हिजोदेख