गोरखा : केही दिनअघि भीषण बाढी आएको बूढीगण्डकीको किनारका प्रभावितहरु जोखिम मोलेर फेरि बाढीग्रस्त क्षेत्रमा पाल टाँग्दै बसोबास गर्न थालेका छन् । विशेषगरी धार्चे गाउँपालिकाका खोत्राङ, ओढार तथा यारुमा त्रिपाल टाँग्दै बसोबास गर्न थालेका पालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।सुरक्षित स्थलमा शिविर बनाएर बसोबास गर्न आग्रह गरेपनि अटेर गरी पीडितहरु जोखिम ठाउँमै पाल टाँगेर बस्न थालेका गाउँपालिकाको भनाइ छ । गत असोज २५ गतेको भीषण बाढीले बगाई ल्याएको लेदोमाथि त्रिपाल टाँगेर चिया, पानी बेच्न थालेक