मुगु । मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि २४ घण्टाको अवधिमा मुगुमा ३९।८ मिलिमिटर वर्षा भएको छ । आज बिहान ८ः४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९।२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस मापन