सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदीबन्दी फरार

  • शनिबार १५ कात्िक २०८३ ०७:०८ AM
डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। कारागारभित्र सुरुङ खनेर उनीहरू शुक्रबार राति फरार भएका हुन्। शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना कम भएपछि घटना सार्वजनिक भएको हो। भेरी नदीको किनारमा रहेको जिल्ला कारागारबाट कैदीबन्दीले करिब चार मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर बाहिर निस्किएको पाइएको छ।