काठमाडौं । अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान साढे १० बजे इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । अवरुद्ध सडक खुलाउन जेसीबीको व्यवस्थापन तथा समन्वय भइरहेको प्रहरीले जनाएको छ । The post लेदोसहितको पहिरोले हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध appeared first on Kalika Khabar.