नुवाकोट : भोटेकोशी बाढीले नुवाकोटका विभिन्न स्थानको पहिचान नै फेरिदिएको छ। बाढीले पहिचान त फेरिदियो नै, पीडितहरूका माझ बगर, बालुवा र व्यग्रता मात्रै थुपारिदिएको छ।गत भदौ १० गते आएको प्रलयकारी बाढीले काठमाडौंसँगै जोडिएको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय जिल्ला नुवाकोटको दृश्य नै बदलिदिएको छ। १० मिनेटमात्रै आएको सो प्रलयले विगतमा ‘पश्चिम १ नं.’ भनेर चिनिने नुवाकोटका अधिकांश बजार तथा बस्तीको स्वरूप परिवर्तन गरिदिएको छ। पहिले मानिसहरूको आवतजावत र व्यापारिक गतिविधिले भरिभराउ हुने