विदेशी लगानी प्रतिबद्धता १६ अर्बमाथि

  • शनिबार १५ कात्िक २०८३ १२:०० PM
काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा १६ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउन भदौ र असोज महिनामा ४ सय २२ परियोजनामार्फत १६ अर्ब २३ करोड १९ लाख ५५ हजार रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो।क्षेत्रगत रूपमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता आएको छ। यस क्षेत्रमा १ सय ८ परियोजनामार्फत ६ अर्ब ८ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ।ऊर्जा क्षेत्र