अलि मोटो सुन्ठी भाँच्न पनि बल लगाउनुपर्छ तर अचम्म मोटो फलामको डण्डी भाँच्न अलिकति पनि बल लगाउनु पर्दैन। झट्ट सुन्दा पत्याउनै नसकिने तर यथार्थ हो यो। जुन नेपालमै सम्भव भइरहेछ।नेपाली समाज बहुसांस्कृतिक छ। हरेक सम्प्रदायका अलगअलग मौलिक पहिचानयुक्त संस्कृति नहुने कुरै भएन। समाजसँग अन्तर्निहित यावत पक्षहरू संस्कृतिसँग सन्निकट हुन्छन्। यही मेसोमा हेर्दा भाषा, साहित्य, संस्कृति, प्रकृति, सम्पदा र दर्शनको संगममा वैभवतापूर्ण बाँचेको छ, कर्णाली। सायद उसका असल नियति हुन्– राम्रा र मौलिक संस्कृति। खस