काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण तथा साहसिक पत्रकारिताको अपेक्षा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आईजीपी कार्कीले संवेदनशील परिस्थितिमा नागरिकलाई सही र समयमै सूचना प्रवाह गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन् । उनले नेपाल प्रहरीले सञ्चारकर्मीको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्ने