काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका चार जिल्लामा दुई दिन विद्युत् सेवा बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सबै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै, मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा पनि विद्युत् सेवा प्रभावित हुनेछ ।