काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित देशभरका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । विभिन्न स्थानमा पहिरो खस्ने, खोलामा लेदो तथा ढुङ्गामाटो बग्ने र पानीको बहाव बढ्ने क्रम जारी रहेपछि सडक यातायात प्रभावित भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी पूर्ण रूपमा अवरुद्ध