काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले शिक्षक तथा कर्मचारीको तालिमका लागि एक करोड २५ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ । त्रिवि समन्वय महाशाखाद्वारा आयोजित बैठकले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम तथा बजेट पारित गर्दै नौवटा विषयमा ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन तथा सेवा प्रवेश तालिम दिने निर्णय गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनको सभाकक्षमा शिक्षाध्यक्ष प्रा