सीमा अपराध नियन्त्रणमा साझा सहकार्य गर्ने प्रतिबद्धता

  • शनिबार १५ कात्िक २०८३ ११:०० AM
काठमाडौं : काठमाडौंमा भएको नेपाल–भारत १०औं समन्वय बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा अवैध गतिविधि रोक्न साझा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलको नेतृत्वमा तीन दिन बैठक भएको थियो।बैठकमा अघिल्लो समन्वय बैठकका निर्णयहरूको प्रगति पुनरावलोकन गर्दै रणनीति, अपरेसनल र कार्यक्षेत्र गरी तीनवटै तहमा द्रुत सूचना आदानप्रदानमार्फत सीमापार अपराध नियन्त्रण गर्ने सहम