रास्वपा गोरखा जिल्ला सभापतिलाई पद छाड्न दबाब

  • शनिबार १५ कात्िक २०८३ ११:०० AM
गोरखा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा जिल्ला सभापति सुवर्ण रोकायालाई पद छाड्न दबाब आएको छ। गोरखा जिल्लामा रहेका पार्टीका केन्द्रीय नेतृत्व तथा विभिन्न पालिकास्तरीय कार्यसमितिका सभापतिहरूले पदबाट राजीनामा गर्न दबाब दिएका हुन्।केही दिनअघि गृहमन्त्री सुदन गुरुङले सभापति रोकाया र पालिका सभापतिहरूलाई गृह मन्त्रालयकै सभाकक्षमा गराएको भेलामा रोकायालाई आफ्नो पदबाट मार्गप्रशस्त गर्न दबाब दिइएको थियो।गृहमन्त्री गुरुङ, सांसद तथा पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, समानुपातिक सांसद एलिजा गु