विवाह, व्रतबन्ध, जन्मदिन, चौरासी पूजा यहाँसम्म कि गृहपूजामा समेत आजकल केक काट्ने प्रचलन बढ्दै गएको छ । जीवनका महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक अवसरमा केक काट्नु आधुनिक नेपाली समाजको सामान्य अभ्यासजस्तै बन्न थालेको छ । खुसी बाँड्ने एउटा सामान्य माध्यमका रूपमा सुरु भएको यो अभ्यास अहिले कतिपय समारोहमा अनिवार्य कार्यक्रमजस्तै देखिन थालेको छ । यहाँ प्रश्न