रास्वपाको सचिवालय बैठक बस्दै, के छ एजेन्डा ?

  • शनिबार १५ कात्िक २०८३ ०३:५० AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । सत्तारुढ रास्वपाले स्थापित कानुनी र संस्थागत बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लंघन भएको भन्दै शुक्रबार विज्ञप्ति जारी गरेको थियो । शुक्रबार प्रहरीले कार्यकक्षबाटै पत्रकारहरूलाई नियन्त्रणमा लिएपछि रास्वपाले विरोध गरेको थियो । सोही विषयमा छलफल हुने पार्टी स्रोतले बताएको छ । “सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा ... The post रास्वपाको सचिवालय बैठक बस्दै, के छ एजेन्डा ? appeared first on Kalika Khabar.