काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुने तालिका छ । तर लगातारको वर्षाका कारण आज खेल हुने सम्भावना कम रहेको छ । त्रिवि अर्न्तराष्ट्रिय त्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रोमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्नेछ । दोस्रो खेल खेल्न लागेको लुम्बिनी र चितवनले पहिलो खेल जितेका थिए । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछ । एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर ... The post वर्षाका कारण आजको एनपीएलको खेल नहुने सम्भावना appeared first on Kalika Khabar.