काठमाडौं : नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी एक जना पत्रकार पक्राउबारेको समाचार लेख्ने तयारी गर्दै थिए, उनैलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी न्युजरुममा प्रवेश गरे। ‘हामी अपराध अनुसन्धान विभागबाट आएका हौं, तपाईंलाई लिएर आउनू भन्ने माथिको आदेश छ’ भन्दै तीन जना प्रहरी सुवेदीको कार्यकक्षमै प्रवेश गरेका थिए। प्रहरीले पत्रकार सुवेदीलाई न्युजरुमबाटै नियन्त्रणमा लियो। ‘मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराललाई प्रहरीले पक्राउ गरेको समाचार तयार गर्न खोज्दै थिएँ, मलाई