काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको हाे । सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने उक्त बैठकमा समसामयिक विषयहरूमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । बैठक वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय (घन्टीघर) मा बस्नेछ।