स्याङ्जाको मध्यभागमा पर्ने वालिङ् र आसपासका क्षेत्रको सुरक्षालाई दृष्टिगत गर्दै २०६० सालमा यहाँ स्थापित सशस्त्र प्रहरी बलको जग्गा ब्यबस्थापन गर्न गत असौज १९ गतेको मन्त्रिपरिषद्को निर्णय विवादमा परेको छ । पूर्णामृत भवानी माविको स्वामित्वको कित्ता नम्बर ४८२ को २९–५–२–१ क्षेत्रफलको जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । विद्यालयको