भैरहवाको पुरानो बजारमा अहिले पनि व्यापारिक इतिहासका अनेक कथा भेटिन्छन् । कुनै समय ढुंगैढुंगाको बाटो, फुसका घर, झाडी र छरिएका बस्तीबीच सीमित रहेको भैरहवा आज उद्योग, व्यापार, स्वास्थ्य सेवा, शिक्षा र पर्यटनको केन्द्र बनेको छ । यहाँका पुराना व्यवसायी नारायणप्रसाद अग्रवाललाई बाल्यकालको भैरहवा सम्झँदा अहिलेको सहरको स्वरुप निकै फरक लाग्छ । “त्यतिबेला भैरहवा अरु गाउँभन्दा