दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकामा आगामी कात्तिक १७ देखि १९ गतेसम्म ‘अपिहिमाल पर्यटन उत्सव’ हुने भएको छ।पर्यटन प्रवद्र्धन, स्थानीय तहमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने प्रमुख उद्देश्यसहित यो बृहत् उत्सव गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्टले जनाए।उत्सवको मुख्य आकर्षणका रूपमा अपिहिमाल आधार शिविर (बेसक्याम्प) क्षेत्रस्थित पिलकन्दमा क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ। उच्च हिमाली क्षेत्