पत्रकार धरपकडको सूत्र प्रधानमन्त्री कार्यालयसम्म, प्रहरीले मध्यराति पठायो स्पष्टीकरणसहितको सन्देश

  • शनिबार १५ कात्िक २०८३ ०२:३५ AM
काठमाण्डु- विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई नियन्त्रणमा लिएको घटनाका कारण नेपाल प्रहरी विवादमा परेको छ। नेपाल प्रेस काउन्सिलको कार्यक्षेत्रमा घुसेर गरिएको धरपकड र पक्राउले वालेन्द्र शाह नेतृत्वको सरकार नै आलोचनाको केन्द्रमा परेको छ। शुक्रबार भएको धरपकडको घटनापछि नेपाल प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासो सम्बोधन गर्ने क्रममा केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको स्वीकार गरेको