पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

  • शनिबार १५ कात्िक २०८३ ०८:०० AM
काठमाडौं : लगातारको वर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा बीपी राजमार्ग दुईतर्फी रूपमा पूर्ण रूपमा अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर–८ गिम्दीबेँसीमा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध भएको हो। पहिरोसँगै आएको लेदो माटोका कारण हाल राजमार्गका दुवैतर्फको यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।पहिरोको उच्च जोखिम कायम रहेकाले सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले यात्रामा निस्कनुअघि सडकको ताजा अवस्था बुझ्न चालक तथा यात्र