नेपालमा ‘अर्णव’ चक्रवातको असर सामान्य: शनिबार अपराह्नपछि मौसममा सुधार हुने

  • शनिबार १५ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : बंगलादेशको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव मात्र परेको मौसमविद्हरूले बताएका छन्। चक्रवातको प्रत्यक्ष असर अत्यन्त शक्तिशाली हुने भए पनि नेपाल आइपुग्दा यो कमजोर भइसकेकाले धेरै वर्षा नभएको उनीहरूको भनाइ छ। चक्रवातको अवशेष र पश्चिमी वायुको प्रभाव शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार, हाल उक्त चक्रवातको अवशेष न्यूनचापीय प्रणालीमा परिणत भई नेपालको नजिकैका भूभाग (बिहार, उत्तर