काठ्माण्डौँ : अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट मिसाइल बिक्री गर्न स्वीकृति दिएको छ । करिब २.१ अर्ब अमेरिकी डलर मूल्यका ती मिसाइल युक्रेनका युरोपेली सहयोगी र क्यानडाले उपलब्ध गराउने रकमबाट खरिद गरिनेछ ।रुसको बढ्दो हवाई आक्रमण रोक्न युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल आपूर्तिका लागि आग्रह गर्दै आएको थियो । विशेषगरी रुसी ब्यालिस्टिक मिसाइल खसाल्न यी मिसाइल महत्वपूर्ण मानिन्छन् ।अमेरिकी विदेश मन्त्रालयका अनुसार यस बिक्रीमा अमेरिकाको सरकारी कोष प्रयोग हुने छैन । जर्मनी, क्यानडा र नर्वेले