काठमाडौं : पोल्यान्डको संवैधानिक अदालतमा सरकार र अदालतका वरिष्ठ न्यायाधीशबीच विवाद चर्किएपछि दंगा प्रहरी परिचालन गरिएको छ ।प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकार र पूर्ववर्ती दक्षिणपन्थी ल एन्ड जस्टिस (PiS) पार्टीबीच अदालतको नियन्त्रण तथा न्यायिक नियुक्तिको विषयलाई लिएर विवाद बढेको हो ।न्यायमन्त्री वाल्डेमार जुरेकले संवैधानिक अदालतका अध्यक्ष बोग्दान स्वेन्चकोव्स्की र उपाध्यक्ष बार्तलोमिए सोचान्स्कीमाथि अभियोजन अघि बढाउन उनीहरूको कानुनी उन्मुक्ति हटाउन माग गरेपछि तनाव थप बढेको हो ।सरकारल