काठमाडौं : विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा भएको ठूलो साइबर आक्रमणमा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको छ । बाइनान्सले चोरी भएको रकममध्ये करिब ३ अर्ब डलर सुरक्षित गर्न सफल भएको जनाएको छ ।कम्पनीका अनुसार बाँकी रकम अझै अज्ञात ह्याकरहरूको नियन्त्रणमा रहेको छ । सुरुमा एक इन्जिनियरको ल्यापटप ह्याक गरी अनधिकृत रूपमा रकम निकालिएको आशंका गरिएको बिबिसिले जनाएको छ । तर, पछिल्लो अनुसन्धानले आक्रमण एकभन्दा बढी सुरक्षा कमजोरीमार्फत भएको देखाएको छ ।विभिन्न क