काठमाडौँ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग रुस–युक्रेन युद्ध र ब्ल्याक सी क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ।टर्कीको राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले सामाजिक सञ्जाल एक्समार्फत इस्तानबुलमा हुने भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सहकार्य विस्तारका उपायबारे पनि छलफल हुने जानकारी दिएका छन्।भेटवार