काठमाडौं : नेपाल पत्रकार महासंघले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने तथा सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीको कार्यप्रति गम्भीर आपत्ति जनाएको छ ।महासंघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वविमोहन सुवेदी, मोटिभेट न्युजका शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो ।त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै धरपकड गर्ने प्रयास भएको घटनाप्रति पनि महासंघले