काठ्माण्डौँ : बढ्दो लागूऔषध दुर्व्यसनको समस्या न्यूनीकरण गर्ने उद्देश्य सहित सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चले अभियान थालेको छ । अभियान अन्तरगत आज बैतडीमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ ।मञ्चले जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकासँग सहकार्य गर्दै जिल्ला समन्वय समिति सभाहलमा अन्तरक्रिया गरेको हो । लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था, यसले निम्त्याएका चुनौती तथा नियन्त्रणका उपायबारे छलफल गएिको मञ्चका अध्यक्ष रन्जित प्रकाश वडले बताए । छलफलका सहभागीहरूले जिल्लामा बढ्दो लागूऔषध