डीडीसीमा १२ करोड बढी हिनामिना : पूर्वमहानिर्देशक झासहित ८ जना पक्राउ

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:२९ PM
काठमाण्डु– दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोडभन्दा बढी आर्थिक हानी पुर्‍याएको आरोपमा संस्थानका पूर्वमहानिर्देशक सञ्जीव झासहित ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधको आरोपमा झासहित डीडीसीका तत्कालीन तथा कार्यरत कर्मचारीलाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख