प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेस नेताहरूको आपत्ति

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:२६ PM
सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारलाई गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र