नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:०१ PM
काठमाडौं : नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने)को आयोजनामा काठमाडौंको मेरियट होटलमा सम्पन्न सम्मेलनमा सरकारी अधिकारी, उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि, उद्यमी तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता थियो। सम्मेलनमा नेपालको डिजिटल अर्थतन्त्र, विश्व बजारमा नेपाली व्यवसायको सम्भावना, वैदेशिक लगान