भोजपुर- नेपाली कांग्रेसको जिल्ला अधिवेशन र १५औँ महाधिवेशनमा लागेको खर्च भोजपुर नगरपालिकाबाट भुक्तानी गराउन खोजिएको विषयले विवाद चर्किएको छ। भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले पार्टीको अधिवेशनमा आफू र आफ्नो समूहका कार्यकर्ताका लागि भएको खर्च भन्दै २४ लाख रुपैयाँको बिल पेस गरेपछि प्रमुख प्रशासकीय अधिकृत विवेक घिमिरेसँग विवाद भएको छ। बिल भुक्तानी गर्न अस्वीकार गरेपछि मेयर