काठमाण्डु- सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेको छ। प्रधानमन्त्री कार्यालयले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र धरपड रोक्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशन भन्दै विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई पक्राउ गर्ने तथा नियन्त्रणमा लिने प्रयास भएपछि प्रधानमन्त्री कार्यालयले