एजेन्सी– मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक प्रतिनिधिमण्डल शुक्रबार तेहरान आइपुगेको छ । टोलीले इरानी अधिकारीहरूसँग वार्ता गरिरहेको इरानी राष्ट्रिय सञ्चारमाध्यमले रिपोर्ट गरेका छन् । यसैबीच मध्यस्थकर्ताहरू संयुक्त राज्य अमेरिकासँग शान्ति वार्ता पुनः सुरु गर्ने प्रयास गरिरहेका छन् । इरानी समाचार संस्था इर्नाका अनुसार कतारका प्रधानमन्त्रीका एक वरिष्ठ सल्लाहकारको नेतृत्वमा आएको यो प्रतिनिधिमण्डलले