पत्रकार पक्राउ प्रकरणमा बोल्यो प्रेस काउन्सिल, भन्यो : ‘कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई रिहा गर’

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:०१ PM
काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्न प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । शुक्रबार कार्यालय समय सकिएपछि सादा पोसाकका प्रहरीले सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलको