प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमको समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार कार्यालय समय सकिएपछि सादा पोसाकका प्रहरी विभिन्न सञ्चारमाध्यममा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलले जनाएको छ। काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारलाई नियन्त्रणमा लिनुको