काठमाडौं : पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार सुवेदीलाई पक्राउ गरिएको हो।नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेलले सादा पोसाकमा आएका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई पक्राउ गरेको जानकारी दिएका छन्।'सादा पोसाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्। पक्राउ पूर्जी दिइएको छैन,' उनले भनेका छन्।त्यस्तै नयाँ पत्रिकाको कार्यालय पनि सादा पोसाकका प्रह