कपिलवस्तुको सामुदायिक वनमा लुकाइएका चार थान भरुवा बन्दुक बरामद

  • शुक्रबार​ १४ कात्िक २०८३ ०७:०० PM
कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिका–९, भर्लावासस्थित कुतकुते सामुदायिक वनबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ।गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वनको लहरे उकाली भन्ने स्थानमा खोजतलास गर्दा उक्त बन्दुक फेला पारेको हो।काठको गोलियाको धोन्द्रोभित्र स्याउलापातले छोपेर लुकाइराखिएको अवस्थामा चारवटै एकनाले भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।सबै बन्दुक साबुत अवस्थामा रहेका छन्। प्रहरीले ती बन्दुक